Blog Right Sidebar

पैसारु नृत्य प्रतियोगितात्मक प्रर्दशन

रोल्पा । नेपालको आदिवासी मगर समूदायको परम्परागत ज्ञान, सामाजिक साँस्कृतिक नाच पैसारु नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.१ को करेटी र माझगाउँ आसपासका मगर आदिवासी समूदायहरुको पुर्खौली नाच हराउन लागिराखेको अवस्थामा उक्त पैसारु नाचलाई संरक्षण, संवद्र्धन गर्न, प्रतियोगिता मार्फत समूह समूह टोलटोलबाट नृत्यमा सहभागीता गरिएको वडा नं.१ वडा अध्यक्ष देउराम घर्तीले बताए । उक्त नाच प्रतियोगिता २०८२ मंसिर १८ र १९ गते संचालनमा विभिन्न टोलबाट छनौट भएर आएको अन्तिममा चार समूहलाई प्रतिष्पर्धा गरिएको थियो । प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्तवनालाई नगर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक जुना घर्ती मगरले बताइन ।…

Read More

आदिवासीहरुको पहिचान र अधिकार बारेमा सचेतना कार्यक्रम

रोल्पा । आदिवासी जनजाति महिला युवा संजालको आर्थिक सहकार्यमा तथा त्रिवेणी गाउँपालिका वडा नं. १ करेटीको समन्वयमा, स्थानीय आदिवासी मगर समूदायको अधिकार, पहिचान, संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय अधिकारहरु आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ बारेमा प्रशिक्षण तालिम स्थानीय करेटी त्रिवेणीमा सम्पन्न भएको छ । दुईदिने उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा आदिवासी अभियान्ता कृष्ण घर्ती, रुपण बुढा लगायतले प्रशिक्षण दिएको कार्यक्रम संयोजक जुना घर्तीले बताइन । तालिममा स्थानीय करेटी र माझगाउँका महिला, युवा लगायत गरी ४५ जना सहभागीता रहेको थियो । यस समूदायमा मगर समूदायहरुको बाहुल्यता रहेता पनि बेरोगारीको समस्या र गाउँमा बस्न स्थायी दिगो…

Read More

मगर समूदायको परम्पारगत ज्ञानको संरक्षण, सम्वर्द्धन बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

रोल्पा । आदिवासी मगर समूदायको मौलिक तथा परापुर्वकाल देखी अभ्यासमा रहँदै आएको परम्परागत ज्ञान, सीप, कला, प्रथागत प्रणाली, खेलकुद तथा संस्कृति संरक्षण तथा संवद्र्धन गर्न, पुनरताजकीकरण गर्न न्युनतम सचेतना, अभिमुखीकरण कार्यक्रम असार १२ र १३ गते त्रिवेणी गाउँपालिकाको वडा नं.१ करेटीमा सम्पन्न भएको छ । मगर समूदाय आफ्नो पहिचानहरु संस्कृतिहरु, नाचहरु, मौखिक ज्ञानहरु, पवित्र स्थलहरुको संरक्षण, संर्वद्धन, परम्परागत खेल लोप हुन थालेकोले, युवा पुस्ताहरुमा उक्त ज्ञान हस्तान्तरण गर्नको लागी उक्त कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष देउराम घर्तीले बताए । वडा नं.०१ करेटीका वडा अध्यक्षको प्रमुख आतिथ्यमा संचालन गरिएको दुईदिने तालिममा नेपाल मगर संघ जिल्ला कार्य समितिका पदाधिकारीहरु, सल्लाहकारहरु मार्फत सहभागीहरुलाई…

Read More