आदिवासीहरुको पहिचान र अधिकार बारेमा सचेतना कार्यक्रम

रोल्पा । आदिवासी जनजाति महिला युवा संजालको आर्थिक सहकार्यमा तथा त्रिवेणी गाउँपालिका वडा नं. १ करेटीको समन्वयमा, स्थानीय आदिवासी मगर समूदायको अधिकार, पहिचान, संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय अधिकारहरु आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ बारेमा प्रशिक्षण तालिम स्थानीय करेटी त्रिवेणीमा सम्पन्न भएको छ । दुईदिने उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा आदिवासी अभियान्ता कृष्ण घर्ती, रुपण बुढा लगायतले प्रशिक्षण दिएको कार्यक्रम संयोजक जुना घर्तीले बताइन ।

तालिममा स्थानीय करेटी र माझगाउँका महिला, युवा लगायत गरी ४५ जना सहभागीता रहेको थियो । यस समूदायमा मगर समूदायहरुको बाहुल्यता रहेता पनि बेरोगारीको समस्या र गाउँमा बस्न स्थायी दिगो व्यवस्थापनको लागी कृषि समेत स्थायी नहुँदा, युवाहरु शहर तथा विदेशतिर पलायन भएको हुँदा, आफ्नो अधिकारको बारेमा, सरकारी नीति र स्रोतको बारेमा क्षमता अभिवृद्धि भन्दा पनि दैनिक जीवन यापनको लागी वैदेशिक रोजगारी जानु पर्ने बाध्यता रहेको हुनाले आदिवासीहरुको अधिकारहरुको बारेमा युवाहरुमा चासो कम रहेको स्थानीय वलराम घर्तीले बताए ।

वडा अध्यक्ष देउराम घर्तीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रम आर्थिक व्यवस्थापनको रुपमा आदिवासी जनजाति महिला युवा संजालको सहकार्यमा फिमी इन्टरनेसनल ईन्डिजिनिय ओमेन्स फोरुम संस्था तथा वडा नं.१ वडा कार्यलयको व्यवस्थापनमा संचालन गरिएका कार्यक्रम संयोजक जुना घर्तीले बताइन् ।

rolpa-2