
रोल्पा । आदिवासी मगर समूदायको मौलिक तथा परापुर्वकाल देखी अभ्यासमा रहँदै आएको परम्परागत ज्ञान, सीप, कला, प्रथागत प्रणाली, खेलकुद तथा संस्कृति संरक्षण तथा संवद्र्धन गर्न, पुनरताजकीकरण गर्न न्युनतम सचेतना, अभिमुखीकरण कार्यक्रम असार १२ र १३ गते त्रिवेणी गाउँपालिकाको वडा नं.१ करेटीमा सम्पन्न भएको छ । मगर समूदाय आफ्नो पहिचानहरु संस्कृतिहरु, नाचहरु, मौखिक ज्ञानहरु, पवित्र स्थलहरुको संरक्षण, संर्वद्धन, परम्परागत खेल लोप हुन थालेकोले, युवा पुस्ताहरुमा उक्त ज्ञान हस्तान्तरण गर्नको लागी उक्त कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष देउराम घर्तीले बताए ।
वडा नं.०१ करेटीका वडा अध्यक्षको प्रमुख आतिथ्यमा संचालन गरिएको दुईदिने तालिममा नेपाल मगर संघ जिल्ला कार्य समितिका पदाधिकारीहरु, सल्लाहकारहरु मार्फत सहभागीहरुलाई प्रशिक्षित गरिएको कार्यक्रम संयोजक जुना घर्तीले बताइन् । समूदाय मुख्य परम्परागत ज्ञानको रुपमा रहेको सेरोपानी, रोदी, सोरटी, मारुनी, झ्याउरे नाच, वन जंगलको संरक्षण, नदी खोलाको प्रयोग, मौखिक ज्ञान ल्हो, खामलो, भुमे लगायतको संस्कृतिहरु, डण्डापात खेल, गोटी खेल, लठीखेल, डोरी तान्ने खेल, दौड प्रतियोगिता, रोधी भाका, दोहोरी र मगर समूदायको पहिचान, सृष्टि कथा र यसको संरक्षण बारेमा अभिमुखीकरण तालिम सम्पन्न गरिएको संयोजकले बताइन् ।
करेटी र माझ गाउँमा ६० घर समूदायहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा आदिवासी मगर समूदायको हराउँदै गएको परम्परागत ज्ञानहरु, परम्परागत आदिवासी पहिचानसँग सम्बन्धित संस्कृतिल, कला खेलहरु लोप हुँदै गएको हुनाले, उक्त ज्ञान, सीपहरु पहिचान र संस्कृतिहरु संरक्षण गर्न नसके, समूदायहरुको आफ्नो पहिचान नै लोप हुने हुनाले मगर समूदायहरुको पहिचानलाई सामूदायिक रुपमा संरक्षण गर्न लोप हुँदै गएको संस्कृति, कलाहरुलाई पुनरताजिकीकरण गर्दै युवा पुस्ताहरुमा हस्तान्तरण गर्न आवश्यक रहेकोले यस कार्यक्रमले कम्तिमा लोप हुँदै गएको परम्परागत ज्ञान, सीप, कला तथा खेलकुद युवा पुस्ताहरुमा हस्तानरण गर्न योजनाले सहयोग पुग्ने हुनाले, यो कार्यक्रमको आवश्यकता रहेको वडा अध्यक्ष अध्यक्ष देउराम घर्तीले बताए ।
कार्यक्रममा ५५ भन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा आर्थिक व्यवस्थापनको रुपमा आदिवासी जनजाति महिला युवा संजालको सहकार्यमा फिमी इन्टरनेसनल ईन्डिजिनिय ओमेन्स फोरुम संस्था तथा वडा नं.१ वडा कार्यलयको व्यवस्थापनमा संचालन गरिएको अध्यक्षले बताए ।


