पैसारु नृत्य प्रतियोगितात्मक प्रर्दशन

रोल्पा । नेपालको आदिवासी मगर समूदायको परम्परागत ज्ञान, सामाजिक साँस्कृतिक नाच पैसारु नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.१ को करेटी र माझगाउँ आसपासका मगर आदिवासी समूदायहरुको पुर्खौली नाच हराउन लागिराखेको अवस्थामा उक्त पैसारु नाचलाई संरक्षण, संवद्र्धन गर्न, प्रतियोगिता मार्फत समूह समूह टोलटोलबाट नृत्यमा सहभागीता गरिएको वडा नं.१ वडा अध्यक्ष देउराम घर्तीले बताए । उक्त नाच प्रतियोगिता २०८२ मंसिर १८ र १९ गते संचालनमा विभिन्न टोलबाट छनौट भएर आएको अन्तिममा चार समूहलाई प्रतिष्पर्धा गरिएको थियो । प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्तवनालाई नगर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक जुना घर्ती मगरले बताइन ।

parung-2

आदिवासी मगर समूदायहरुको पहिचान संस्कृति नै परम्परागत मौखिक ज्ञानमा आधारित भएर विकास हुँदै आएता पनि पछिल्लो समयमा राज्यले संरक्षण नगर्नु, रोजगारीको लागी युवाहरु विदेश पलायन हुनु, तथा संस्कृति बचाउँदा समूयदामा के फाइदा भन्ने जस्ता प्रश्नहरु आउँदा परम्परागत संस्कृतिहरुको महत्व घट्दै गएको स्थानीय बिक्रम बुढाले बताए । उक्त प्रतियोगितामा निर्णायक मण्डलीको रुपमा स्थानीय पुर्खा पूर्ण बहादुर धर्तीले नेतृत्व गर्नु भएको थियो । बेरलै रुपमा हुने यस्तो नृत्य प्रतियोगितामा स्थानीय समूदायको उत्साहजनक १३३ बढी सहभागीत रहेको संयोजक घर्तीले बताइन् ।

स्थानीय मगर समूदायको पहिचान साँस्कृतिक नाचलाई प्रर्दशन गर्दै युवाहरुमा समेत ज्ञान सीप पुस्तान्तरण गर्न यो विशेष आयोजना गरिएको संयोक जुना घर्तीले बताइन् । उक्त कार्यक्रम संचालनको लागी आर्थिक रुपमा आदिवासी जनजाति महिला युवा संजालको सहकार्यमा फिमी इन्टरनेसनल ईन्डिजिनिय ओमेन्स फोरुम संस्था तथा वडा नं.१ वडा कार्यलयको व्यवस्थापनमा संचालन गरिएको अध्यक्षले बताए ।

आदिवासी महिला, युवाहरुको अधिकार, पहिचान, सामाजिक, साँस्कृति अधिकार, सचेतना, नेतृत्व विकास, क्षमता विकास तथा राज्यको स्रोत साधनमा आदिवासीहरुको पहुँच पुर्याउन सामाजिक सेवाको रुपमा संस्थाले विभिन्न संस्थाहरुसँग मिलेर सहकार्य मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाको अध्यक्ष रिसा श्रेष्ठले बताइन् ।

parung-3